उपाधी जित्ने लक्ष्यका साथ धरानको टोली पोखरा प्रस्थान

  • प्रकाशित मितिः माघ ९, २०७४
  • 27 पटक पढिएको
  • मधेश स्पेशल

माघ ०९, २०७४ / धरान: पोखरामा हुने १६ औं आहा गोल्डकपको उपाधी जित्ने लक्ष्य सहित धरान फुटबल क्लबको टोली पोखरा प्रस्थान गरेको छ ।

सोमबार धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले धरान फुटबल क्लबको टीमलाई विदाई गर्दै प्रतियोगितामा धरानको नाम उच्च राख्ने गरी खेल्ने अपेक्षा गरेका छन् । गतवर्ष आहा गोल्डकपमा धरान फुटबल क्लब सेमिफाइनसम्म पुगेको थियो भने यसवर्ष प्रतियोगिताको उपाधी जित्ने क्लबका अध्यक्ष किशोर राईले दाबी गरेका छन् ।

मेयर सुब्बाले जीतको शुभकामना दिदै प्रतियोगिता जितेर आए विजेता टोलीलाई धरान उपमहानगरपालिकाले उच्च सम्मानका साथ पुरस्कृत गर्ने बताए । पोखरा प्रस्थान गर्ने खेलाडीहरुलाई मेयर तारा सुब्बा तथा धरान फुटवल क्लबका अध्यक्ष किशोर राई लगायतका अतिथिहरुको उपस्थितीमा विदाइ गरिएको थियो । टोलिमा टिम म्यानेजर अशोक राई, टिम कोच अर्जुन राई र टिम क्याप्टेन बिष्णु सुनुवार सहितको टोली रहेकाछन् । गोल्डकपमा बुधबार धरान फुटवल क्लब र सिक्कीमको टोलिविच प्रतिस्प्रधा हुने जनाएको छ ।

पोखराको आहा गोल्डकप धरानको बुढासुब्बा गोल्डपक पछिको ठुलो प्रतियोगिता मध्ये मुलुककै दोस्रो पुरानो प्रतियोगिता हो । धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले भने –‘धरानको टोलीले पोखराको आहा गोल्डकप जितेर आएपछि धरानको बुढासुब्बा गोल्डकपको पनि उपाधी रक्षा गर्नेछ ।’


Copyright © 2017 - Madheshspecial.com All rights reserved