​श्रीलंका विरुद्ध तीन खेलको सिरिजमा भारतको कब्जा

  • प्रकाशित मितिः पुष ८, २०७४
  • 53 पटक पढिएको
  • मधेश स्पेशल

शनिबार ०८, पुष २०७४, काठमाडौं: श्रीलंका विरुद्धको टी २० सिरिजमा भारतले कब्जा जमाएको छ । शुक्रबार राति इन्दोरमा भएको दोस्रो खेल ८८ रनले जित्दै तीन खेलको सिरिज भारतले २–० ले आफ्नो पक्षमा पारेको हो । २६१ रनको लक्ष्य पछ्याएको श्रीलंका १७.२ ओभरमा सवै विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो ।

उसका कुशल परेराले ७७, उपुर थरंगाले ४७ र निरोशन डिकवालाले २५ बाहेक अन्यले दोहोरो अंक जोड्न भने सकेनन् । भारतका युजवेन्द्र चहालले ४ तथा कुलदीप यादवले ३ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रेको भारतले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाएर २ सय ६० रन मात्र बनाएको थियो। सो क्रममा भारतका कप्तान रोहित शर्माले ३५ बलमा शतक पुरा गरेका थिए । त्योसँगै उनले यसअघि दक्षिण अफ्रिकाका डेविड मुलरको नाममा रहेको कम बलमा टी–२० मा शतक प्रहार गर्ने कीर्तिमानको बराबरी गरेका थिए । मुलरले पनि गत अक्टोबरमा बंगलादेश विरूद्ध ३५ बलमा नै शतक प्रहार गरेका थिए ।

रोहितले आफ्नो अर्धशतक २३ बलमा ५० रन पुरा गरेका छन् । समग्रमा ४३ बल खेलेका रोहितले ११८ रन बनाएर आउट हुदाँ १२ चौका र १० छक्का प्रहार गरेका थिए । भारतका केएल राहुलले ८९ रनको पारी खेले। ४९ बलको सामना गरेका उनले ८ छक्का र ५ चौका प्रहार गरे। पहिलो विकेटको लागि रोहित र राहुलले १६५ रनको साझेदारी गरेका थिए ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved