१५ दिनको सुत्केरीको श्रीमानले गरे हत्या

  • प्रकाशित मितिः माघ ८, २०७४
  • 35 पटक पढिएको
  • मधेश स्पेशल

माघ ८, २०७४ / झापा: झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको शनिबार राति हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन् । लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ ।

श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।यसैगरी ताप्लेजुङको सिरीजंघा गाउँपालिका ३ सिकैचा स्थित एक घरमा गएराती आगलागी हुँदा आगोले पोलेर श्रीमान श्रीमती घाइते भएका छन्।घाइते हुँनेमा सोही ठाउँका ५२ बर्षिय राज बहादुर कालिकोटे र उनकै श्रीमती ४६ बर्षिया तारा विश्वकर्मा रहेका छन्।

राती १ बजेतिर अचानक उनीहरुको घरमा आगलागी हूँदा घर भित्र सुतेका उनीहरुको आगोले शरिरको विभिन्न भाग पोलेको बताइएको छ। उनीहरुलाई उपचारकोलागी जिल्ला अस्पताल ल्याइएको छ भने आगलागिबाट अन्दाजी २ लाख बराबरको क्षति भएको अस्थायी प्रहरी चौकी काँडेभञ्ज्याङले जनाएको छ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved