विद्यार्थीद्वारा प्रधानाध्यापकको गोली हानी हत्या

  • प्रकाशित मितिः माघ ८, २०७४
  • 56 पटक पढिएको
  • मधेश स्पेशल

माघ ८, २०७४ / भारत: हरियाणका एक विद्यार्थीले प्रधानाध्यापकलाई गोली हानी हत्या गरेका छन्। हरियाणा जमुनानगरस्थित विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले शनिबार प्रधानाध्यपक ऋतु चब्रालाई गोली प्रहार गरी हत्या गरेका हुन्।

हिन्दूस्तान टाइम्सका अनुसार कक्षामा कम उपस्थित भएपछि प्रधानाध्यापकले ती विद्यार्थीलाई १४ दिनका लागि रेस्टिकेट गरिदिएकी थिइन्। प्रधानाध्यपकको व्यवहारबाट आक्रोशित बनेका उनले घरबाट पेस्तोल ल्याएर प्रधानाध्यपकमाथि चार राउन्ड गोली प्रहार गरेका थिए ।

हत्यामा प्रयोग भएको पेस्तोलको लाइसेन्स विद्यार्थीका पिताको नाममा रहेको प्रहरीले जनकारी दिएको छ। प्रहरीले विद्यार्थीका पितालाई समेत पक्राउ गरेको छ। छोरोको विद्यालय जीवनबारे आफूलाई केही थाहा नभएको उनले प्रहरीलाई बयान दिएका छन्।

गोली हानी भाग्दै गरेका किशोरलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए। गोली प्रहार गर्ने विद्यार्थी कक्षा एक देखि नै सोही विद्यालयमा अध्ययन गर्दै आएका थिए । ऋतु १५ वर्षदेखि त्यही पढाउँदै आएकी थिइन्।


Copyright © 2017 - Madheshspecial.com All rights reserved