६५ वर्षको उमेरमा एसएलसी पास गरेका साहलाई भेट्न पाउँदा

  • प्रकाशित मितिः माघ ८, २०७४
  • 26 पटक पढिएको
  • राजेश विद्रोही

माघ ८, २०७४ / सिरहा, कल्याणपुर: विषय एेतिहासिक र घतलाग्दो छ । आफ्नो जीवनमा धेरैले स्कूल पढ्छन्, कलेज पुग्छन् । हरेक व्यक्तिले सानै उमेरमा एसएलसी पास गरेर ठूलो मान्छे बन्ने सपना पुरा गर्ने सोचमा हुन्छन् । तर, सिरहा कल्याणपुर नगरपालिका ७ भिडियाका गौरी साह साक्षर बन्नका लागि नाती नातिनीसँगै २०५८ सालमा कक्षा १ मा भर्ना भए । पढाईलाई निरन्तरता दिए । २०६७/६८ मा गोसना मावि भिडियाबाट ६५ वर्षको उमेरमा एसएलसी पास पनि गरे । तर उनी जुन सपना बोकेर एसएलसी पास गरे, त्यो पुरा भएन् ।

बुढेसकालमा आफ्नो रहरको सपना पुरा गरेरै छाडेका उनी अहिले थल्ला परेका छन् । केहि समयदेखि स्वासप्रस्वाँस (दम) रोगबाट ग्रसित छन् । उठबस गर्न समेत समस्या हुन्छ । एसएलसी पढेर केहि गर्ने सोच बनाए तर विरामी परेपछि उनको सपना चकनाचुर भएको छ । केहि गर्न नसकी अहिले ओछ्यानमा दिनरात विताउन थालेका छन् ।

तराई मधेशमा केहि महिना देखि चिसोका कारण मान्छे मर्नेको संख्या बढेपछि आईएमई फाउन्डेशन काठमाण्डौले न्यानो कपडा बाँड्ने क्रममा हामी भिडिया गाउँको प्रहरी चौकीमा पुग्यौं । हामी कुर्सिमा बसिरहेका थियौं । केहि छिन् मै एक जना बुढो लट्ठीको साहारामा स्वाँस्वाँ आइपुगे । म नजिकै खडा भए । उसले एउटा हातमा औषधिको थैलो बोकेका थिए । म उनलाई चिन्न पनि सकिन्नँ । कुर्सिमा बस्न आग्रह गरे । उनि कम सुन्दा रैछन् क्यारे, सुनेनन् ।

तर पछि चिने । उनी थिए ऐतिहासिक पात्र । कम सुन्छ, विरामी पनि छन् । मेरो अगाडि कुर्सिमा वसेका एमालेका नवनिर्वाचित वाडाध्यक्ष रामकुमार श्रेष्ठले भने– उहाँ गौरी साह हुनुहुन्छ । निरक्षर मान्छे मर्नेबेलामा एसएलसी पास गरे । साक्षर भए । अर्को पूर्व गाविस अध्यक्ष भरथ मरिक यादवले उनको थप वृतान्त सुनाए ।

संचारमाध्यममा मैले गौरीको सामाचार पढेंका थिए । तर उनीसँग साक्षात भेट्न पाउँदा निकै उत्साहित र खुशी भए । गौरीसँगैको फोटो आफ्नो मोवाईलमा कैद गर्न आईएमई सगरमाथा अंचल संयोजक अरूण महतोलाई आग्रह गरे । उनी क्लिक फोटो ताने । सँगै फोटो खिचाउन पाउदा गौरवान्वित भए । उनीसँग जिज्ञासा राखे– बुढेसकालमा कसरी पढ्नु भयो ? उनले जवाफ फर्काए– म सबै कुरा लेख्छु, पढ्छु , डटकोपी दिनुस, म आफ्नो सबै कुरा लेखेर दिन्छु ।

उनले निकै रहर र चाखलाग्दा कुराहरू पनि गरे । कुरा जति गर्थे उति सास लिन उनलाई कठिन महसुस भइरहेको महसुस भयो । अन्तमा उनलाई शुस्वास्थ्यलाभ तथा दिर्घायूको कामना गरे । साथै इतिहासको पात्रको रूपमा शुभकामना र नमस्कार गर्दै विदा भए ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved