​भियतनामका एक उच्च अधिकारीलाई भ्रष्टाचारको आरोपमा १३ वर्ष जेल सजाय

  • प्रकाशित मितिः माघ ८, २०७४
  • 20 पटक पढिएको
  • मधेश स्पेशल

माघ ८, २०७४ / हनोई: भियतनामका एक उच्च अधिकारीलाई आर्थिक अनियमिताको आरोपमा १३ वर्षको जेल सजाय सुनाइएको छ ।

सत्तारुढ कम्युनिस्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य डिन्ह ला थाङलाई अर्थिक अनियमिता गरेको आरोपमा जेल सजाय सुनाइएको हो । सरकारी तेल कम्पनी पेट्रो भियतनामको प्रमुख पदमा रहँदा उनले भ्रष्टाचार गरेको बताइएको छ ।

गएको एक दशकमा उच्च अधिकारीलाई यति ठूलो सजाय भएको यो पहिलो घटना हो । पछिल्लो समयमा पेट्रो भियतनाम लगातार घाटामा जानुमा अर्थिक अनियमितता नै प्रमुख कारण रहेको त्यहाँको अदालतको ठहर छ ।

पहिलो चरण्को जाँचबुझका आधारमा पेट्रो भियतनामका पूर्व प्रमुख थाङलाई १३ वर्षको सजाय तोकिए पनि मुद्दाको सुनुवाइका क्रममा आजीवन कारावास सजायको माग गरिएको थियो ।
सरकारी उच्च अधिकारी तथा बैंकिंङ कर्मचारीहरु समेत सो भष्टाचारमा सामेल भएको बताइरहँदा यो जेल सजायलाई सकारात्मक सुरुवातका रुपमा लिइएको छ ।

थाङसँगै अन्य २० जना अभियुक्तलाई समेत सोमबार सजाय सुनाइएको छ । उनीहरुलाई हनोईस्थित अदालतले कसुरअनुसार जेल सजायका अलावा ३ देखि ९ वर्षसम्मका लागि सरकारी सेवाबाट निलम्बनको आदेश जारी गरेको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved