​‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड विशाल र रुविनालाई

  • प्रकाशित मितिः माघ ८, २०७४
  • 20 पटक पढिएको
  • मधेश स्पेशल

माघ ८, २०७४ / झापा: नेपाल खेलकुद पत्रकार मञ्च झापाले आयोजना गरेको ‘झापा स्पोर्ट्स अवार्ड २०७४’ मा विशाल राई र रुविना क्षेत्रीले उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

विशाल राई राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर हुन भने रुविना क्षेत्री राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान हुन । अवार्ड सँगै उनीहरुले १५ हजार रुपैयाँ पुरस्कार समेत पाएका छन् ।

युवा वर्ष खेलाडीको पुरस्कार डिफेन्डर देवेन्द्र तामाङले जिते भने पिपुल च्वाइजतर्फ उत्कृष्ट टीम रमपम झापा ११ घोषित भयो । वर्ष उत्कृष्ट प्रशिक्षक पूर्व क्रिकेटर तथा नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाल बनेका छन् ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved