मधेस आन्दोलनका नाइके यादबद्धारा आँखा दान

  • प्रकाशित मितिः माघ ६, २०७४
  • 153 पटक पढिएको
  • मधेश स्पेशल

माघ ६, २०७४ / सिरहा: पहिलो मधेस आन्दोलनका नायक तथा लहानबाट मधेस आन्दोलन सुरु गर्ने कृष्णबहादुर यादबले ११ औं बलिदानी दिवसको अवसरमा आँखा दान गरेका छन् । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा उनले मरनोपरान्त दुबै आँखा दान गर्ने सम्झौता गरेका हुन् ।

०६३ माघ २ गते अन्तरिम संविधान जलाउँदा राजधानी काठमाडौंमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादबलगायतका २८ नेतालाई प्रहरीले समातेका थिए । त्यसपछि लहानमा यादबकै नेतृत्वमा आन्दोलन हुँदा माओवादीले चलाएको गोली लागेर रमेश महतो सहिद भएका थिए । त्यसपछि मधेसभर आन्दोलन तेज भएको थियो ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved