भोजपुरलाई २ स्वर्ण पदक

  • प्रकाशित मितिः माघ ४, २०७४
  • 96 पटक पढिएको
  • मनिता खिम्दुङ

माघ ४, २०७४ / भोजपुरः पूर्वाञ्चल स्तरीय उसु प्रतियोगितामा भोजपुरले २ स्वर्ण पदक सहित ७ पदक प्राप्त गरेको छ । प्रथम स्वर्ण पदक भोजपुरका शर्मिला राई र सम्झना लिम्बुले हात पारेका छन् । दोश्रो दुई कास्य पदक मनुसा राई र अजय तामाङले जितेका छन् । विश्वास राई, बागधन राई र धनीराज राईले रजत पदक प्र्राप्त गरेसंगै भोजपुरले ७ पदक जितेको हो । सुनसरीको इटहरीमा माघ १ देखि शुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो । पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा विजेता शर्मिला राई, सम्झना लिम्बु र अजय तामाङले माघ ५ देखि ८ गतेसम्म काठमाण्डौमा हुने राष्ट्रिय उसु प्रतियोगितामा पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै भाग लिन पाउने भोजपुर उसु संघका संस्थापक अध्यक्ष बाजेन्द्र किरातीले जानकारी दिए ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved