आजको राशिफल– ३० पौष २०७४, आइतबार

  • प्रकाशित मितिः पुष ३०, २०७४
  • 13 पटक पढिएको
  • मधेश स्पेशल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कला र गलाको प्रभाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): सहकर्मी बाट विरोध आउला । नाक तथा घाँटीमा समस्या आउला । व्यापार व्यवसायमा लाभ रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्य सम्पादनमा सहजता मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेकोे र ताकेको कार्य पुरा हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । बहुमुल्य वस्तु हात पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मन विचलित रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । शिक्षामा वाधा आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अरुको मन जित्न सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): शुभ समाचार सुन्न पाइएला । राजननितक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्य बाट मान सम्मान पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved