नयाँशक्तिको सिंगो महिला कमिटि माओवादी प्रवेश

  • प्रकाशित मितिः पुष ३०, २०७४
  • 91 पटक पढिएको
  • मधेश स्पेशल

पुष ३०, २०७४ / ईटहरी: विभिन्न समयमा एकपछि अर्को गर्दै छिन्नभिन्न हुन पुगेको डा. बाबुराम भट्टराई नेतृत्वको नयाशक्ति पार्टी नपालको सिंगो महिला संघ आज नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।

२०७२ सालमा वैकल्पिक शक्ति निर्माणको उद्घोष गर्दै डा. बाबुराम भट्टाईको नेतृत्वमा गठन भएको नयाशक्ति दई वर्ष मै अस्तित्व रक्षाका लागि संघर्षरत छ ।

नयाँ शक्ति पार्टीको महिला शक्ति महासंघ र नेकपा माओवादी केन्द्र निकट महिला संगठन अनेमसंघ क्रान्तिकारीबीच आज एकता भएपछि पार्टीका संयोजक भट्टराई अब झनै एक्लिएका छन् ।

शक्ति महासंघ र अनेमसंघ क्रान्तिकारीबीच माओवादी पार्टी कार्यलय पेरिसडाँडामा शनिबार दिउसो एकता भएको हो । नयाँ शक्तिको महिला शक्ति महासंघ लमजम शेर्पाको नेतृत्वमा एकतामा आएको हो । एकता प्रक्रियामा नेकपा संयुक्त पार्टीको नेपाल महिला फेडरेशन समेत सहभागी भएकोछ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved