गैर आवासीय मधेसी संघ युएईद्वारा मधेसी मिलन र वनभोज

  • प्रकाशित मितिः पुष २९, २०७४
  • 87 पटक पढिएको
  • सन्तोष ठाकुर

पुष २८, २०७४ / दुबई, यु.ए.ई. : नयाँ साल २०१८ तथा मकर संक्रांतिको अवसरपारेर १२ जनवरी को दिन गैर आवासीय मधेसी संघ, यु.ए.ई. (Non-Resident Madheshis Association,#NRMA U.A.E.) द्वारा दुबईको जबिल पार्क मा "मधेसी मिलन तथा वनभोज" कार्यक्रम को आयोजन भएको थियो।

उक्त कार्यक्रममा लगभग ५०० मधेसीहरु सहभागी भएर सफलतापुर्बक कार्यक्रम संपन्न गर्नु भयो । मधेशसंग जोडिएका यु.ए.ई. को बिभिन्न संघ-संस्था जस्तोकि मुस्लिम समाज, मिथिला समाज, मिथिला बचत संस्था आदिको प्रतिनिधि मित्रहरुलेपनि सहभागिता जनाई उक्त कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु भयो l

कार्यक्रमको थालनीमा NRMA-U.A.E. की उपाध्यक्ष डॉ. बॉबी सिंह यादव तथा केन्द्रीय सदस्य श्रीमती खुश्बू साह द्वारा संयुक्त रुपमा स्वागत मन्तब्य दिएर कार्यक्रमको शुरू गर्नु भाको थियो।

कार्यक्रमको प्रथम सत्रमा #NRMA-U.A.E. का बरिष्ठ सल्लाहकार डॉ. रबिन्द्र कुमार यादवले मधेश को सम्बन्धमा आफ्नो बिचार प्रदान गर्नु भयो। साथै, गैर आवासीय मधेसी संघ, अंतराष्ट्रिय समितिको अध्यक्ष एवं #NRMA-U.A.E. का बरिष्ठ सल्लाहकार ई. बसंत कुमार कुशवाहाले "UNPO मा मधेश" बिषयमा आफ्नो बिचार ब्यक्त गर्नु भयो।

यस कार्यक्रमको संचालनको भूमिका भोगेन्द्र राज साह, जगनारायण मंडल र प्रभात राय भट्ट ले पालैपालो आ – आफ्नो भूमिका निर्वाह गर्नु भयो।

त्यस्तै खेलकुद संचालकको भूमिकामा ई. अमित कुमार शर्मा द्वारा बिभिन्न किसिमको मनोरन्जनात्मक तथा रोचक खेल एवम् गीत संगीत प्रस्तुति मा समय ब्यवस्थापनको लागि समन्वयकारी भूमिका निर्वाह गर्नु भयो। सहभागी व्यक्तिहरुको लागि टिकट बितरण तथा ब्यस्थापनमा साहित्यकार बिनोद पासवानले आफ्नो जिम्मेवारी निर्वाह गर्नु भयो। उक्त कार्यक्रमको लागि नास्ता, भोजन तथा बेलुकीको चिया र तिलको लड्डुको ब्यवस्थापन श्री मदन यादवले गर्नु भयो।

उक्त कार्यक्रमको अन्त्यमा NRMA-U.A.E. का अध्यक्ष ई. संजय कुमार कर्णले कार्यक्रममा सहभागी हुनुभएका सम्पुर्ण मधेसी मित्रोंहरुलाई नयाँ बर्ष २०१८ र आउदै गरेको माघेसंक्रान्तिको एक मुस्ट शुभकामना तथा धन्यवाद ज्ञापन अनि यु.ए.ई. मा बसोबास गर्नु हुने सबै मधेसी मित्रहरुलाई आबद्ध भएर एकजुट हुनकोलागी लागि आग्रह समेत गर्नु भयो l र भविष्यमा पनि यसरीनै मधेसीहरुलाई संगठित गरेर गैर आवासीय मधेसी संघ, यु.ए.ई. द्वारा बिभिन्न कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धतापनि जनाउनु भयो l


Copyright © 2017 - Madheshspecial.com All rights reserved