जनकपुर उद्योग बाणिज्यसंघको मतदान जारी

  • प्रकाशित मितिः पुष २९, २०७४
  • 48 पटक पढिएको
  • मधेश स्पेशल

पुष २८, २०७४ / जनकपुरधाम: जनकपुर उद्योग वाणिज्य संघको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । संघको जारी ५१ औं अधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान भईरहेको निर्वाचन समितिले जनाएको छ ।

विहान ८ बजेदेखि संघको सभाहलमा शुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ ।
संघमा अध्यक्ष,वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,महासचिव,सचिव,कोषाध्यक्ष र कार्यकारिणी सदस्य पदमा निर्वाचन हुन लागेको हो । आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा ललित कुमार साह र पवन ठाकुरको उम्मेदवारी परेको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा विजय कुमार साह र जितेन्द्र प्रसाद साहप्रतिस्पर्धा गर्दै छन् ।

उपाध्यक्षमा सुरेन्द्र कुमार भण्डारी,विजय कुमार साह,सरोज कुमार मिश्र र सलामत राईन प्रतिस्पर्धामा छन भने महासचिवमा अरुण कुमार साह,जितेन्द्र कुमार महासेठ,कृष्णदेव साह र सुनिल कुमार साह बिच प्रतिस्पर्धा रहेको छ ।

त्यस्तै सचिव पदमा गोपी कुमार साह,धर्मेन्द्र कुमार साह,विकास साह तेली,फुलदेव पण्डित र जितेन्द्र कुमार साह हलुवाई प्रतिस्पर्धामा छन भने कोषाध्यक्षमा दिपनारायण प्रसाद साह,अशोक कुमार चौधरी र विजय कुमार साह तेली प्रतिस्पर्धामा रहेका छन् ।

यसबाहेक महिला उपाध्यक्षमा दिपिका राय,महिला सदस्यमा आशा कुमारी यादव र एशोसिएट सदस्यमा राजिव कुमार साह निर्विरोध निर्वाचित भईसकेका छन । कार्यकारिणी सदस्य तर्फ ६ पदमा महेन्द्र साह,अजय कुमार गुप्ता,जगदीश नायक,श्याम सुन्दर झा,सुरेश साह,दिलिप साह,अनिल कुमार साह प्रधान,प्रकाश कुमार साह,परमेश्वर साह,विजय चौधरी,बब्लु ठाकुर,विक्रम यादव,रामप्रताप साह,पंकज कुमार खण्डेवाल,फुलगेन साह,मो.एहशान कवाडी,गणेश कुमार साह र निरज कुमार साह मुन्ना लगायत १८ जनाको उम्मेदवारी परेको छ ।

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिराले शान्तिपुर्ण रुपमा निर्वाचन भईरहेको र आज साँझ ५ बजेसम्म मतदान भईसकेपछि तुरुन्तै मतगणना सुरु हुने र भोली बिहानसम्म मतपरिणाम सार्वजनिक भईसक्ने बताएका छन ।

संघमा २५ सय ६२ जना मतदाताहरु रहेको निर्वाचन समितिका संयोजक मनिष रामण साहले जानकारी दिए ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved