५ थान भालुको पित्तसहित एक जना सुर्खेतबाट पक्राउ

  • प्रकाशित मितिः पुष २९, २०७४
  • 68 पटक पढिएको
  • मधेश स्पेशल

पुष २९, २०७४ / नेपालगन्ज: प्रतिबन्धित भालुको पित्तसहित संघिय प्रहरी ईकाई कार्यालय नेपालगन्जले एक जनालाई पक्राउ गरेको छ ।

संघिय प्रहरी ईकाई कार्यालय नेपालगन्जबाट खटिएको अनुसन्धान टोलिले सुर्खेतबाट ५ पिस भालुको पित्त सहित १ जनालाई नियन्त्रणमा लिएको हो ।

गोप्य सुचनाका आधारमा प्रहरीले विरेन्द्रनगर नगरपालिका ६ बुलबुले चोकबाट टिनको बाकसमा राखेर ल्याइरहेको अवस्थामा जुम्लाका सुकबिर कामीलाई पक्राउ गरेको हो ।

भालुको पित्तसहित पक्राउ परेका कामीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको संघिय प्रहरी ईकाई कार्यालय नेपालगन्जले जनाएको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved