गृहले भन्यो : जाडोले सिरहासहित मधेसका २२ जनाको ज्यान लियो

  • प्रकाशित मितिः पुष २८, २०७४
  • 33 पटक पढिएको
  • मधेश स्पेशल

पुष २८, २०७४ / काठमाडौं: अत्यधिक चिसोका कारण सिरहा, सप्तरी र धनुषालगायतका जिल्लामा २२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। यसरी मृत्यु हुनेमा सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा रहेका छन्।

शीतलहर शुरु भएदेखि शुक्रबार बिहानसम्म सप्तरीमा १० जना र रौतहटमा १२ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले बताए । तराईमा चलेको शीतलहरमा सरकारले प्रभावकारी रुपमा काम गरिररहेक दुवाडीको दाबी छ। उनले भने- सरकारले व्यापक रुपमा काम गरिररहेको छ। नयाँ कपडादेखि नगद राहतसमेत वितरण गरिरहेका छौं ।

तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, दाङ, कैलाली लगायतका २२ जिल्लामा कम्बल तथा दाउरा किन्नको लागि विपद् व्यवस्थापन समितिमार्फत प्रत्येक जिल्लामा १० लाख रुपैयाँ दिइसकेको उनले जानकारी दिए ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved