भारतलाई ऐतिहाशिक सफलता , ३१ वटा भूउपग्रह सहित अन्तरिक्षमा

  • प्रकाशित मितिः पुष २८, २०७४
  • 39 पटक पढिएको
  • मधेश स्पेशल

पुष २८, २०७४ / नयाँदिल्ली: भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। यसअघि गत वर्ष रकेट प्रक्षेपणको प्रयास गरेपनि उ सफल हुन सकेको थिएन । यसअघि अघिल्लो वर्ष पीएसएलवी–सी ३९ नामक मिशन विफल भएको थियो।

३१ वटा भूउपग्रह सहितको पीएस्‌एल्‌वी–सी ४० नामक उक्त रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ उडेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । नक्साङ्कन र चित्राङ्कन गर्ने अन्तरिक्षयान सहितको उक्त रकेटमा अरू छ देशका भूउपग्रहहरू पनि छन्। भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रवार श्रीहरिकोटाबाट यो रकेट प्रक्षेपण गरेको हो।

संयुक्त राज्य अमेरिका, ब्रिटेन, फ्रान्स, क्यानेडा, दक्षिण कोरिया र फिन्लेण्डका ती भूउपग्रहले मुख्य रूपमा पृथ्वीको अवलोकन गर्ने बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त प्रक्षेपण भारतका लागि गौरवपूर्ण उपलब्धि भएको बताएका छन्।


Copyright © 2017 - Madheshspecial.com All rights reserved