के भयो प्रदेश प्रमुख र अस्थायी राजधानि , मन्त्रिपरिषद्का ७ निर्णय

  • प्रकाशित मितिः पुष २८, २०७४
  • 71 पटक पढिएको
  • मधेश स्पेशल

पुष २८, २०७४ / ईटहरी: भरखरै सकिएको मन्त्रिपरिषद् बैठक प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नेबारे निर्णय नै नगरी सकिएको छ ।
प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नका लागि अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले आजै निर्णय गर्न नसकिएको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

यी हुन् सात निर्णय

-धनकुटाको छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने।
-विश्व बैंकबाट ८ अर्ब ऋण स्वीकार गर्ने।
-न्याय सेवाको विशिष्ठ श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गर्ने।
- २०७५ को राष्ट्रिय आर्थिक गणना आदेश सूची बैसाख १ मा जारी गर्ने।
-उपरथि गौरव तन्डुललाई रथीमा बढुवा गरी युएन मिसन कमान्डरको प्रतिस्पर्धाका लागि पठाउने।
-सरकारको पुनरावदेन समितिमा हेमराज पन्तलाई पठाउने।
-प्राविधिक सहायक रथीमा गजेन्द्रराज शर्मालाई बढुवा गर्ने।


Copyright © 2017 - Madheshspecial.com All rights reserved