माओवादी मन्त्रीले दिए राजीनामा , दबावमा देउवा

  • प्रकाशित मितिः पुष २८, २०७४
  • 38 पटक पढिएको
  • मधेश स्पेशल

पुष २८, २०७४ / ईटहरी: सरकार छाड्न दबाव झेलिरहेका प्रधानमन्त्रि देउवालाई दबाव वढाउँदै माओवादी केन्द्रका तर्फवाट सरकारमा सहभागी मन्त्रिले राजीनामा दिएका छन् ।
नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् । विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउावसमक्ष राजीनामा बुझाएका हुन् ।

माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका विनाविभागीय मन्त्री कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले मन्त्री पोख्रेलको नेतृत्वमा राजीनामा बुझाइएको स्वंय मन्त्री गिरिराजमणि पोख्रेललले बताए । पार्टीको निर्णय अनुसार आफुहरुले राजीनामा दिएको बताउँदै मन्त्री पोख्रेलले अध्यक्ष प्रचण्डले लेखेको पत्र बुझाएको बताए । मन्त्री पोख्रेलले भने आफुलाई विनाविभागीय घोषणा भएयताको पारिश्रमिक पनि नलिने घोषणा गरेको बताए ।

गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय जिम्मेवारी दिएका थिए ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved