नेपालले बंगलादेशलाई दियो २३५ रनको टार्गेट

  • प्रकाशित मितिः पुष २६, २०७४
  • 15 पटक पढिएको
  • मधेश स्पेशल

पुष, २६, २०७४: एजेन्सी/नेत्रहीन विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई २ सय ३५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २ सय ३४ रन बनाएपछि बंगलादेशले २ सय ३५ रनको लक्ष्य पाएको हो । नेपालका लागि कप्तान कृतन श्रेष्ठ दुवालले ६६ रन बनाए ।

मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved