दुई लाखलाई अमेरिका छाड्न ट्रम्पको आदेश

  • प्रकाशित मितिः पुष २६, २०७४
  • 61 पटक पढिएको
  • मधेश स्पेशल

पुष २६, २०७४ / एजेन्सी: ट्रम्प प्रशासनले दुई लाख आप्रवासीको अमेरिका बस्ने र काम गर्ने अनुमति रद्ध गरिदिएको छ । मध्यअमेरिकी देश एल साल्भाडोरका २ लाख मानिसहरुलाई अमेरिका बस्ने र काम गर्ने अनुमति रद्ध गरिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । सन् २००१ मा एल साल्भाडोरमा लगातार भूकम्प आएपछि मानवतावादी कार्यक्रम ‘टेम्प्रोररी प्रोटेक्ट स्टेटस’ (टीपीएस) दिइएको थियो ।

ट्रम्प प्रशासनले एल साल्भाडोरका मानिसहरुलाई अमेरिका छाड्न सन् २०१९ सम्मको समयसीमा दिएको छ । फिर्ता नभए पक्राउ गरी आवश्यक कारबाही गर्ने चेतावनी ट्रम्प प्रशासनले दिएको छ । अमेरिकाले यसअघि हैटी र निकारागुआका हजारौं मानिसहरुको टीपीएस सुरक्षा फिर्ता लिएको थियो । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वा्चित भएलगत्तै अमेरिकामा आप्रवासीलाई रोक्ने घोषणा गरेका थिए ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved