जेलमा मालीको काम गर्दै लालुप्रसाद यादव

  • प्रकाशित मितिः पुष २६, २०७४
  • 40 पटक पढिएको
  • मधेश स्पेशल

पुष २६, २०७४ / राँची: पशुपक्षीको दाना घोटालामा साढे तीन वर्षको सजाय पाएका बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव अहिले राँचीस्थित बिरसा मुण्डा जेलमा छन । लालुले जेलमा मालीको काम गर्ने भएका छन् ।

त्यसबापत उनले दैनिक भारतीय रुपैयाँ ९३ पाउनेछन् । कुनै बेला बिहारका शक्तिशाली मुख्यमन्त्री रहेका लालुले दिनभर फूलमा पानी हाल्ने र गोडमेल गर्नेछन् । उनी धरौटीमा छुट्न पाउनुपर्ने माग राष्ट्रिय जनता दल (राजद) ले गर्दै आएको छ । त्यसका लागि राजदले उच्च अदालत जाने बताएको छ । तीन वर्षसम्मको सजाय सुनाइएको भए त्यसविरुद्ध विशेष अदालतमै पुनरावेदन गर्न पाइने थियो ।

लालुलाई साढे तीन वर्षको सजाय सुनाएकाले अब उनी उच्च अदालत जानुको कुनै विकल्प छैन ।

चारा घोटामा सजाय सुनाइएपछि लालुले ट्विटमार्फत नरेन्द्र मोदीको सरकारमाथि दोष लगाएका थिए । उनले त्यहाँ एउटा पत्र पनि पोस्ट गरेका छन् । उनले भनेका छन्, ‘मैले तानाशाही सत्तालाई साथ दिइनँ, त्यसैले मेरा पछि विषाक्त तत्व लागिपरे र मलाई सजाय दिइयो ।’

९ अर्ब ५० करोड भारतीय रुपैयाँको दाना खरिद काण्डमा फर्जी फार्म खडा गरी उनले भ्रष्टाचार गरेका थिए । यसअघि उनले चाइबासा कोषागार दाना घोटालामा सजाय पाएका थिए ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved