आजको राशिफल (पुष २६, २०७४)

  • प्रकाशित मितिः पुष २६, २०७४
  • 35 पटक पढिएको
  • मधेश स्पेशल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक ठाउँमा धन खर्च होला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । यर्थको यात्रा रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो होला । अलंकारको प्राप्ति, नयाँ वस्त्र पाईनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) इनाम र प्रतिष्ठा कमाउने वेलाछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जोश जाँगर र हिम्मत वढ्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आकस्मिक धनलाभ हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साहशिकता बाट धनार्जन होला । बिश्वास गरेकाले साथ दिनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विद्या र बुद्धिके विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सरकारी निकाएबाट सहयोग मिल्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । नजिकका व्यक्ति बाट धोका पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शिक्षामा सफलता पाइएला । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सजिलै अरुको बिश्वास जित्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । बैदेशिक कार्य अघी बढ्नेछ । शुभ समाचार पाइएला ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved