का‌ंग्रेस प्रवक्तामा शर्मा चयन

  • प्रकाशित मितिः पुष २६, २०७४
  • 26 पटक पढिएको
  • मधेश स्पेशल

पुष २६, २०७४ / ईटहरी: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार पार्टीका केन्द्रीय सदस्य युवा नेता विश्‍वप्रकाश शर्मालाई पार्टी प्रवक्ता नियुक्त गरेका छन्। कांग्रेसले महाधिवेशन सम्पन्न भएको करिब दुई वषपछि प्रवक्ता चयन गरेको हो ।

पार्टीको १२ औँ महाधिवेशनपछि रिक्त प्रवक्ता पदमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले काँग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्तामा मनोनयन गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा १ बाट चुनाव लडेका शर्मा माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved