पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न- प्रदेश सरकार, राष्ट्रियसभा गठनमा गृहकार्य गर्न ६ सदस्यीय कार्यदल निर्माण

  • प्रकाशित मितिः पुष २६, २०७४
  • 31 पटक पढिएको
  • मधेश स्पेशल

पुष २६, २०७४ / काठमाडौं: एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले बैठकको प्रदेश सरकार, राष्ट्रियसभा गठनमा गृहकार्य गर्न ६ सदस्यीय कार्यदल बनाएको छ ।

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे र माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव छन् ।

बैठकमा पार्टीको बैचारिक– राजनीतिक र संगठनबारे गृहकार्य गर्न कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको छ ।

एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले राष्ट्रियसभा र प्रदेश सरकार गठनबारे गृहकार्य गर्न कार्यदल बनाएको हो ।

यद्यपि बैठकले एकतापछि सरकार र पार्टीको नेतृत्व लगायतका विषयमा कुनै सहमति गरेको छैन ।

प्रदेश र प्रतिनिधिसभा चुनावपछि एमाले र माओवादीको एकता संयोजन समितिको बस्न सकेका थिएन । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासम बालकोटमा मंगलबार तीन घन्टा भन्दा बढी समय बैठक बसिएको थियो ।

बैठकले निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरणका लागि आवश्यक न्यूनतम संवैधानिक र कानुनी प्रक्रिया पुरा गर्ने र दैनिक कार्यसञ्चालन बाहेक अन्य निर्णय नगर्न सरकारलाई भनेको छ ।

साथै संवैधानिक दायित्वअनुसार प्रदेशको अस्थायी मुकाम तोक्न माग गरेको छ । सरकारले प्रदेश प्रमुख तोक्ने तर, अस्थायी मुकाम नतोक्ने तयारी गरेको खबर आएपछि वाम गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

मंगलबारको बैठकमा पार्टी एकताका लागि वैचारिक र सांगठानिक कार्यदल गठन गर्ने कार्यसूचि रहे पनि थप गृहकार्य गरेर अर्को बैठकमा कार्यदल गठन गर्ने समझदारी भएको छ ।

एमाले अध्यक्ष ओली स्वास्थ्य उपचारबाट फर्किएपछि एकता संयोजन समितिको बैठक बस्नेछ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’ र ईश्वर पोखरेल सहभागी थिए ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved