मुख्यमन्त्री र प्रदेशप्रमुखको बोर्ड धनकुटामा राखियो

  • प्रकाशित मितिः पुष २५, २०७४
  • 129 पटक पढिएको
  • मधेश स्पेशल

पुस २५ / धनकटा: धनकुटालाई प्रदेश नं. १ राजधानीकायमगर्न २४औंदिन देखीआन्दोलनरत राजधानी बनाउन गठित अभियान–संघर्ष समितिले आइतबार धनकुटामा सातमन्त्रालय सहितमुख्यमन्त्री तथा प्रदेश परिषद्, प्रदेश सचिवालय, प्रदेशसभा र प्रदेश प्रमुख (गभर्नर) को कार्यालयकोप्रदेश सरकारको नाममा बाेर्ड राखेका छन् ।

धनकुटालाई प्रदेश नं.१ को राजधानीवनाउन गठित अभियान समितिका संयोजकप्रदेश सांसद निरेन राई र संघर्ष समितिका संयोजक सुन्दरवावु श्रेष्ठको अगुवाईमागएको जुलसले सात वटा प्रदेश स्तरिय मन्त्रालयसहितमुख्यमन्त्रीतथाप्रदेश परिषद, प्रदेश सचिवालय, प्रदेशसभा र प्रदेश प्रमुख (गभर्नर) को कार्यालयकोप्रदेश सरकारको नाममावोर्ड राखेका हुन् । अभियानका संयोजकएवं प्रदेश सांसद निरेन राईका अनुसार धनकुटालाई प्रदेश नं.१ को राजधानी बनाउनप्राविधिक रुपमा सहरी विकास तथाभवननिर्माण डिभिजन कार्यालय धनकुटाले तयार गरेको साविकको सरकारी कार्यालयहरुमामन्त्रालयको वोर्डहरु राखिएको बताएका छन् ।

राईका अनुसार साविकको क्षेत्रिय स्वास्थ्यजिल्लाशिर्देशनालय धनकुटामा प्रदेश सरकारको मुख्यमन्त्रीतथाप्रदेश परिषदको कार्यालय, जिल्लाशिक्षाकार्यालय धनकुटामा अर्थ मन्त्रालय, डिभिजन सहकारी कार्यालय धनकुटामा आन्तरिक मामिलातथाकानुन् मन्त्रालय, शहरी विकास तथाभवननिर्माण डिभिजन कार्यालय धनकुटामा प्रदेश सचिावालयको बाेर्ड राखिएकोवताएका छन् ।

त्यसैगरी सह–न्यायधिवक्तातथा सरकारी वकिलको कार्यालयमा स्वास्थ्य, शिक्षा, तथा सामाजिकमन्त्रालय, सामुदायिकभवन धनकुटामा प्रदेशसभाहल, सिचाँई डिभिजन कार्यालय धनकुटामा गृह मन्त्रालय, मालोपातकार्यालय धनकुटामा कृषि, भुमीव्यावस्थापनतथा सहकारी तथापशुसेवामन्त्रालय, पुर्वाधार विकास मन्त्रालयको बाेर्ड जिल्ला समन्वय समितिजिल्लाप्राविधिककार्यालय धनकुटामा, प्रदेश प्रमुख (गभर्नर) को कार्यालय क्षेत्रियप्रशासनकार्यालय धनकुटामा र उधोग मन्त्रालयजिल्लाप्राविधिककार्यालयको नयाँभवनमाप्रदेश सरकारको नाममा मन्त्रालयका बाेर्डहरु राखिएका छन् ।

जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरुमामन्त्रालयहरुको बाेर्ड राख्नु पुर्व स्थानियमदनचोकमा सयौंको संख्यामा धनकुटेलीहरु भेलाभएर नारावाजी समेत गर्दै वजार परिक्रमा गरेका थिए । उनीहरुले धनकुटालाई जसरी भएपनिप्रदेश नं.१ को राजधानीवनाउनु पर्नेभन्दै नारावाजी गरेका थिए ।

सात वटा मन्त्रालय सहितमुख्यमन्त्रीतथाप्रदेश परिषद, प्रदेश सचिवालय, प्रदेशसभा र प्रदेश प्रमुख (गभर्नर) को कार्यालयमा स्थापनागरि सके पछि आयोजित कोणसभालाई प्रतिनिधिसभाका सांसद राजेन्द्र कुमार राई, प्रदेश सांसद एवं राजधानीवनाउन गठित अभियान समितिका संयोजकनिरेन राई र संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले आ–आफ्नो धाराणा राखेका थिए ।

सो अवसरमाबोल्दै प्रतिनिधिसभा सांसद राजेन्द्र कुमार राईले सरकारलाई धनकुटामा प्रदेशको राजधानीतोक्नको लागी सकरात्मकदबाबपुगोस भन्ने उदेश्यले प्रदेश स्तरिय मन्त्रालयहरुको बाेर्ड राखिएको बताए । उनले धनकुटामा ३ सय ९१ सरकारी भवनहरु रहेको र सोहीमध्ये प्रदेश स्तरिय मन्त्रालयहरु, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सचिवालय र प्रदेशसभाहलको वोर्ड राखेर सरकारलाई धनकुटा उपयुक्त छ भन्ने देखाउनको लागीपनिवोर्ड राख्ने कार्यक्रमआयोजनागरिएको बताए ।

सांसद राईले धनकुटा वि.सं.१८४० देखीको पुर्वको प्रशासकिय केन्द्रको रुपमा रहेकाले भौगोलिक, प्राकृतिक, सामाथ्र्य, सुरक्षा, भौतिकपुर्वाधारको र सुन्दरताकाको कारण धनकुटालाई प्रादेशिक राज्यको राजधानीवनाउन पर्नेमाजोड दिएकाथिए। राईले नेपालको संविधान २०७२ ले व्यावस्था गरे अनुसार राज्यको पुनःसंरचनामार्फत मुलुक७प्रदेशमाविभाजनगरि प्रत्येक प्रदेशको केन्द्र र नाम राख्ने अधिकार निर्वाचितप्रदेशसभालाई भएतापनि सो निर्णय नगरेसम्मको लागी धनकुटालाई कामचलाउ अस्थायी राजधानीतोक्न नेपालसरकारलाई दवावदिनु धनकुटेलीहरुको पहिलो कर्तव्य भएको दावी गरे ।

त्यसैले धनकुटेलीहरु गाउँ देखीजिल्ला र जिल्ला देखी केन्द्रियतहको प्रधानमन्त्रीको कार्यालयसम्मआन्दोलितहुनु परेको वताएका छन् ।

संघर्ष समितिका संयोजक सुन्दरवावु श्रेष्ठले राजधानीवनाउने अभियानका सवै खाले कार्यक्रमयथावत रहने वताएका छन् । धनकुटाका सातै तह, वजार, उधोग धन्दा, कलकाराखाना, शैक्षिक संस्थाहरु र यातयातपनि ठप्प रहने श्रेष्ठले वताएका छन् । उनले धरान, धनकुटा लोकमार्ग पनि सोमवार विहान ६ वजे देखी साँझ ६ वजेसम्मवन्द रहने बताएका छन् ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved