डा.केसीको गिरफ्तारीको कडा निन्दा गर्दै गगन थापाले गरे तत्काल रिहा गर्न माग

  • प्रकाशित मितिः पुष २५, २०७४
  • 89 पटक पढिएको
  • मधेश स्पेशल

पुस २५ / काठमाडौं: नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा डा. गोविन्द केसीको पक्षमा उभिएका छन्।

सर्बोच्च अदालतका प्रधानन्यायधिश गोपाल पराजुली र न्यायलयविरुद्ध गम्भीर लान्छना लगाएको अभियोगमा डा. केसीलाई अनसनस्थल बाटै प्रहरीले पक्राउ गरेको थियो।

यसअघि नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले डा.केसीको रिहाइको माग गरिसकेका छन्।

केसीलाई तत्काल रिहाइ गर्न माग गर्दैं थापाले लेखे -‘सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन संघर्षरत डा. गोविन्द केसीको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै उहाँलाई तुरन्त रिहा गर्न सरकारसँग माग गर्छु । हाम्रो लोकतन्त्रले अन्यायको अहिंसात्मक विरोधलाई न्यायसम्पादनमा अवरोध मानेर दण्डित गर्ने अधिकार दिएको छैन।’


Copyright © 2017 - Madheshspecial.com All rights reserved