साउदी अरबका ११ राजकुमार पक्राउ

  • प्रकाशित मितिः पुष २३, २०७४
  • 36 पटक पढिएको
  • मधेश स्पेशल

पुष २३, २०७४: साउदी अरबका ११ जना राजकुमार पक्राउ परेका छन् । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई पक्राउ गरिएकोे हो ।

राजपरिवारलाई उपलब्ध गराउँदै आएको बिजुली र पानीको सुविधा साउदी सरकारले कटौती गर्ने घोषणा गरेपछि उनीहरुले राजधानी रियादमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा उनीहरुले आफ्ना आफन्तहरुलाई दिइने भनिएको मृत्युदण्डको सजायको निर्णय समेत उल्ट्याउनु पर्ने माग गरेका छन् ।

साउदी सरकारले पक्राउ परेका राजकुमारमाथि सर्वसाधारणको दैनिकी प्रभाव पार्ने गरी प्रदर्शन गरिएको भन्दै मुद्दा दायर गर्ने तयारी गरेको बताइएकोे छ । यता साउदी सरकारले भने देशमा छाएको आर्थिक मन्दीका कारण सुविधा कटौती गर्ने निर्णय गरेको जनाएको छ ।

यसैबीच साउदी सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गर्नुका साथै केही खाद्यान्नसहितका सामग्रीमा ५ प्रतिशतले कर समेत बढाएको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved