कम्बल र ज्याकेट बाँड्दै न्यानो अभियान

  • प्रकाशित मितिः पुष २३, २०७४
  • 30 पटक पढिएको
  • मधेश स्पेशल

पुष २३, २०७४ / उर्लाबारी: विपन्न तथा गरिब समुदायलाई लक्षित गर्दै न्यानो अभियान नेपाल, उर्लाबारीले कम्बल र ज्याकेट वितरण गरेको छ ।

जाडोमा केही हदसम्म भएपनि राहत महसुस गराउने हेतुले जेष्ठ नागरिकलाई कम्बल र बालबालिकालाई ज्याकेट वितरण गरिएको न्यानो अभियान नेपालका कार्यक्रम संयोजक सरोज बस्नेतले बताए ।

शनिबार उर्लाबारी–९ मौलिबारीका २२ परिवारलाई कम्बल र १८ परिवारका बालबालिकालाई ज्याकेट प्रदान गरिएको संयोजक बस्नेतले जानकारी दिए ।

शनिबारै अभियानले उर्लाबारीले सिद्धेश्वर शिवबाबा धाम उर्लाबारी–६ का ज्येष्ठ नागरिकलाई १० थान कम्बल सहयोग गरेको छ ।

यसअघि उर्लाबारी–८ को बगर टोल र उर्लाबारी–४ को बक्राहा बाँधमा न्यानो कपडा वितरणसहित गोदावरी हस्पिटल उर्लाबारीको सहयोगमा स्वास्थ्य शिविर गरिएको सदस्य विवेक हिङमाङले जानकारी दिए ।

उर्लाबारी परिवार हङकङका सल्लाहकार पूर्ण वाइबाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा महिला नेतृ तथा उर्लाबारी वडा नं. ७ की वडा सदस्य शोभितमाया तामाङ (सावित्रा), स्थानीय युवा रमेश बस्नेतलगायतले बोल्दै जाडोको समयमा विपन्न तथा गरिब परिवारलाई न्यानो कपडा वितरण गर्नु उदाहरणीय कार्य भएको बताए । न्यानो अभियान नेपालका अध्यक्ष पूर्ण सिंगक लिम्बूको सभापतित्वमा भएको कार्यक्रम महासचिव तेजन खड्काले सञ्चालन गरेका थिए ।

न्यानो अभियानका सल्लाहकार ज्ञानु योञ्जन, बरिष्ठ उपाध्यक्ष सञ्जिब बुढाथोकी, सदस्यद्वय कृष्ण वाइबा, शंकर निरौला, स्थानीय युवा झविन आलेले कम्बर तथा ज्याकेट वितरण गरेका थिए ।

न्यानो अभियान नेपालले विगत चार वर्षदेखि निरन्तर सामाजिक सेवा अन्तरगत प्रत्येक वर्ष कम्बल र ज्याकेट वितरण गर्दै आएको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved