इंटिमेट सिन र हलिउड स्टारका अनुभव

  • प्रकाशित मितिः पुष २३, २०७४
  • 112 पटक पढिएको
  • मधेश स्पेशल

पुष २३, २०७४: चलचित्रमा इंटिमेट सिन्सको जसरी ट्रेण्ड चल्दै गयो, यस्ता सिनलाई चलचित्र राख्ने र स्टार्सले इंटिमेट सिन दिने क्रम पनि चलिरह्यो । कमै चलचित्र मात्र होलान् जसले यो ट्रेंडलाई नपछ्याएका हुन् । यस्तै इंटिमेट सिनको कुरा गर्दा हलिउडको इंटिमेट झनै इंटेंस (सशक्त) मानिन्छ । यस्ता सिन गर्ने कलाकारमा कस्तो समस्या आइपर्यो यो सायद तपाईंलाई थाहा नहोला ।

हलिउड स्टार्सले यी सिन र आफ्नो अनुभव आफैं सार्वजनिक गरेका छन् । त्यसमध्ये केहीले त अत्यन्तै खराब अवस्था पनि झेलेका छन् । र, केहीले त फेरि यस्ता इंटिमेट सिन नगर्ने कसम नै खाएका छन् ।

यहाँ हेरौं फिल्मीबिटको रिपोर्टमा आधारित यो सामग्री इंटिमेट सिनका क्रममा स्टार्सले झेलेका अवस्था र उनीहरूको अनुभव यसलाई हेरेपछि तपाईं पनि उनीहरूको हिम्मतको प्रशंसा गर्नुहोला ।

तुच्छ हुन सक्छ
जर्मनीका ३९ वर्षका अभिनेता माइकलले ‘जेन येरी’ को सेक्स सिनको अुनभव बताएका छन् । उनले केही त्यस्ता सेक्स सिनहरू तुच्छ हुनसक्ने भनेका छन् । उनी भन्छन्, ‘एकजना अभिनेता भएका नाताले तपाईंले सबैभन्दा पहिले मौकाको फाइदा उठाउन हुँदैन भन्ने बुझ्नुपर्छ ।’

डर लाग्दो हुन सक्छ
अमेरिकी अभिनेत्री लिजी क्यापलनले चलचित्र ‘मास्टर अफ सेक्स’ मा सेक्स सिन गरेकी थिइन् । यसकै विषयमा उनी भन्छिन्, ‘म निकै नर्भस थिएँ, यो निकै डर लाग्दो थियो, त्यसैले मैले यसका लागि निकै रक्सी पिएँ र सिन सुट गरें ।’

सबै बिर्सिएँ
क्यानेडियन अभिनेता रियान रेनोल्ड्सले उनको चलचित्र ‘द चेन्ज अप’ को सिनका बारेमा बताए, ‘फिल्मको सिनमा अभिनेत्री बसिरहेकी हुन्छिन् र म उनका टप खोलिरहेको हुन्छु । मैले सिनको सबै लाइन बिर्सिएँ । मात्र यो चलचित्रमा होइन, प्रायः चलचित्रमा मसँग यस्तै भयो ।’

पहिलो अनुभव
अमेरिकी अभिनेत्री शैलेन वुडलीले चलचित्र ‘द स्पेक्टाकुलर नाउ’ को सिनका बारेमा बताइन् । उनले भनिन्, ‘यो मेरो र अभिनेताको पनि पहिलो अनस्क्रिन सेक्स सिन थियो । त्यहाँ निकै सुरक्षित र सुविधाजनक वातावरण थियो र म माइल्स टेलरका साथ खुसी थिएँ ।’

अनौठो लाग्छ
अभिनेत्री एंजेलिना जोलीले चलचित्र ‘ल्याण्ड अफ ब्लड एण्ड हनी’ मा एउटा सेक्स सिन निर्देशन गरेकी थिइन् । यस बारेमा एंजेलिना भन्छिन्, ‘कसैसँग पनि यस प्रकारको काम गर्न तपाईंलाई अप्ठ्यारो लाग्छ, किनकि उनीहरू रियल लाइफ कपल होइनन् । तपाईंलाई कसैलाई पनि यो भन्न अनौठो लाग्छ कि, उनीहरूले क्यामेराको अगाडि नांगिनुपर्छ ।’

सबैले देख्छन्
अभिनेता माइकल डगलसले आफ्नो चलचित्र ‘बिहाइंड द कैंडलाब्रा’ को सिनका बारेमा बताए । उनी भन्छन्, ‘सेक्स सिनमा सबैभन्दा अप्ठ्यारो कुरो सबैले तपाईंलाई हेरिरहेका हुन्छन् ।’

आश्चर्यचकित बनाउने थिएन
अभिनेत्री ग्रेटा गेर्विङले उनको फिल्म ‘ग्रिनबर्ग’ को सेक्स सिन्सका बारे भनिन्, ‘मलाई थाहा थियो यो केही अनौठो किसिमको सेक्स सिन हुनेछ । तर यो गज्जबको भयो । सबैले निकै राम्रोसँग कोरियोग्राफी गरेका थिए र राम्रोसँग योजना पनि बनाएका थिए । त्यसैले यो आश्चर्यचकित बनाउने किसिमको थिएन ।’

आफ्नो बारेमा सोच्न सकिँदैन
अभिनेता लियोनार्दो दिक्याप्रियोले उनको चलचित्र ‘वुल्फ अफ वाल स्ट्रिट’ का बारेमा बताउँदै भने, ‘जब तपाईं यस्ता प्रकारको चरित्रमा हुनुहुन्छ भने तपाईंमाथि जिम्मेवारी हुन्छ, तपाई त्यो चरित्रलाई कसरी निर्वाह गर्नुहुन्छ । यस क्रममा तपाईं आफ्नो बारेमा सोच्न सक्नुहुन्न । किनभने त्यहाँ तपाईं हुनुहुन्न, त्यहाँ तपाईं पर्दामा कसैलाई देखाइरहनु भएको हुन्छ ।’

घिन लाग्दो थियो
अमेरिकी अभिनेत्री ब्लाक लाइवलीले चलचित्र ‘द टाउन’ मा आफ्नो सिनका बारेमा भनिन्, ‘सेक्स सिन वास्तवमा घिन लाग्दो थियो । यो मेरो पहिलो दिन थियो । यसैले मलाई लाग्छ यो बर्फ पगाल्नका लागि काफी थियो ।’

टाउको दुख्ने थियो
वनीसा हुड्गेंसले आफ्नो चलचित्र ‘स्प्रिंग ब्रेकर्स’ मा सेक्स सिन गरेकी थिइन् । यसका विषयमा उनको अनुभव वास्तवमै राम्रो रहेन । उनी भन्छिन्, ‘यो मेरा लागि निकै टाउको दुखाउने थियो । अब म कहिले पनि यस्तो सिन गर्दिनँ ।’


Copyright © 2017 - Madheshspecial.com All rights reserved