​संसारको सबैभन्दा महंगो भोड्का चोरियो

  • प्रकाशित मितिः पुष २२, २०७४
  • 103 पटक पढिएको
  • मधेश स्पेशल

पुष २२, २०७४: डेनमार्कको क्याफे ३३ बारबाट संसारको सबैभन्दा महंगो भोड्का चोरी भएको छ । संसारकै महंगो बोतल चोरी भएसँगै डेनमार्कमा हल्लीखल्ली मच्चीएको छ । डेनमार्क प्रहरीले यस सम्बन्धी अनुसन्धान सुरु गरिसकेको बताएको छ ।

चोरी भएको सो बोतलको मुल्य १.३ मिलियन डलर अर्थात करिव १३ करोड रुपैयाँ थियो । डेनमार्कको सो बारमा संसारका विभिन्न महंगा रक्सीहरुको संकलन गरेको छ । कतिपय रक्सी त यहाँ हेर्नको लागि मात्रै पनि राखिन्छ ।
\
जसमध्ये रसियन कम्पनी डार्ज मोटर्जले उत्पादन गरेको संसारको सबैभन्दा महंगो भोड्का रुस्सो बाल्टिक भोड्का पनि एक थियो । यसको बोतल सुन र चाँदीबाट बनाइएको छ भने बोतलमा हिरा तथा महंगा पत्थरहरुको प्रयोग गरेर डिजाइन पनि गरिएको छ । त्यसमा भरिने रक्सी पनि संसारको महंगो रक्सीहरुमा पर्छ ।

बारका मालिक ब्रायन इनबर्गले फेसबुकमार्फत आफ्नो क्याफेबाट संसारको सबैभन्दा महंगो भोड्काको बोतल चोरी भएको जानकारी दिएका छन् ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved