​युवा समूहलाई १० लाख ऋण प्रदान

  • प्रकाशित मितिः पुष २२, २०७४
  • 35 पटक पढिएको
  • मधेश स्पेशल

पुष २२, २०७४ / इलाम: इलामका चार युवा समूहलाई जिल्ला युवा समितिले निब्र्याजी रु १० लाख ऋण प्रदान गरेको छ ।

समितिले सूर्योदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास समूह र जोगमाईको ध्वजेगुफा पशुपालन समूहलाई प्रतिसमूह अढाइ लाख ऋण प्रदान गरेको जिल्ला युवा विकास समितिका अध्यक्ष नवराज शंकरले बताए ।

ऋण पाउने संस्थामध्ये चम्जलुङ उद्यमशील युवा विकास संस्थाले घरबास व्यवसाय, जनज्योति कृषि तथा पशुपालन समूह र सुनौलो बिहानी पशुपालन युवा समूहले कुखुरापालन र ध्वजे गुफा पशुपालन समूहले गाईपालन गर्ने बताए ।

ती समूहलाई पहिलो किस्ताबापत रु अढाइ लाखका दरले रकम दिइसकिएको र पुनःएक साताभित्र रु अढाइ लाखका दरले गरी चारसमूहलाई रु २० लाख ऋण दिइने समितिका अध्यक्ष शंकरले बताएका छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved