उपचारका लागि याचना

  • प्रकाशित मितिः पुष २२, २०७४
  • 86 पटक पढिएको
  • मधेश स्पेशल

पुष २२, २०७४ / धरानः वैदेशीक रोजगारीका दलालको धोकाधडीमा परेर २ वर्ष ईराकमा यातनापूर्ण नारकिय जीवन विताएर गम्भिर घाइते अवस्थामा स्वदेश फर्कन सफल एक महिलाले आफुसंग उपचारका लागि खर्च नभएकाले सहयोगका लागि सार्वजनिक रुपमा याचना गरेकी छन् ।

भोजपुर गोगने गाबिस वडा ७ की शान्ता राईले शुक्रवार पत्रकार सम्मेलन गरी ईराकमा भोग्नु परेको नारकिय दिनहरुको पीडा सुनाइन् । राजगारी पाएकी घर मालिकले दैनिक कुटपिट गर्ने गरेको कारुणिक दिनचर्या बताउँदै उनले घरमालीक कै कुटपिटबाट दुई वटै खुट्टामा गहिरो चोट लागेको र हिडडुल गर्न समेत नसक्ने बताइन् । खुट्टाको अवस्था दिनदिनै गम्भिर हुँदै गएकोले उपचारका लागि धरानमा आएको तर, खर्च अभावका कारण उपचारमा कठिनाई परेकोले सह्रिदयी दाताहरुबाट सहयोग पाउने आशाले सार्वजनिक याचना गर्नुपरेको बताइन् ।

राईलाई उपचारका लागि करिब ३ लाख खर्च लाग्ने भएकाले सहयोग गरिदिन हुन उनले आग्रह गरेकी छन् । वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा लाख रुपया खर्च भैसकेपनि उनको उपचार धरानमा सम्भव नभएको र डाक्टरहरुले समेत काठमाण्डौको टिचिङ हस्पीटल जान सल्लह दिएको उनले पत्रकार सम्मेलनमा बताइन् । तर पैसा नहुँदा उनी काठमाण्डौ जान सकेकी छैनन् । अहिले आफ्नी बहिनी ममता राईको धरान स्थित डेरा घरमा आफु उपचारको अभावमा छटपटाईरहनु परेको उनले बताइन् । उनले सहयोग गर्न चाहने ईच्छुक समुह, संस्था, वा ब्यक्तिलाई शान्त राईको नाममा रहेको नबिल वैङ्कको खाता नम्वर १६१००१७५१०८५६ मा सहयोग प्रदान गर्न सक्ने जनाएकी छन् । साथै बहिनी ममता राईको मोवाईन नं ९८ ६७५७३४८२ मा सम्पर्क गर्न सकिने पनि बताइन् । उपचारमा सहयोग गरीदिनु हुन देश तथा विदेशमा रहनु भएका सम्पुर्ण आफन्तहरु साथै सह्दियीहरु लाई पत्रकार सम्मेलन मार्फत आग्रह गरेका छन् ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved