प्राथमिक उपचारको ज्ञान जरुरी

  • प्रकाशित मितिः पुष २१, २०७४
  • 34 पटक पढिएको
  • मधेश स्पेशल

पुष २१, २०७४ / धरानः सामान्य, असामान्य दुर्घट्ना देखी आकस्मिक विरामी पर्दाको अवस्थामा तत्कालै पिडितको उद्धारका लागि प्राथमिक उपचारको महत्वपूर्ण भूमिका हुने कुरालाई वीपी प्रतिष्ठानमा एमबिबिएसका विद्यार्थीहरुको रोट्याक्ट क्लबले अभियानको रुपमा अघि बढाएको छ । अभियानमा उनिहरुले विद्यार्थीहरु लाई लक्ष्यीत गरी सरकारी÷नीजि विद्यालयहरुमा अनुशिक्षण शुरु गरेका छन् ।

यसअघि मोरङको ग्रामिणक्षेत्र रंगेलीका विद्यालयहरुमा अनुशिक्षण चलाएका क्लबले विहीवार वीपी प्रतिष्ठान स्थित दिल्ली पब्लिक स्कुलका ३ देखी ११ कक्षाका २३० विद्यार्थी लाई हाथ धुने, दाँत माझ्ने तरिका देखी प्राथमिक उपचार सम्बन्धि अनुशिक्षाण तालिम दिएका छन् । तालिममा स्कुलका ३ देखी १० का १७० जना लाई हाथ धुने र दाँत माझ्ने सहि बैज्ञानिक तरिका सिकाइएको हो । कक्षा ११ का ६० जना लाई प्राथमिक उपचार सम्बन्धि अनुशिक्षण तालिम प्रदान गरिएको उपप्रधानाध्यापक सुन्ध्या बोहराले बताइन् । पढाई बाहेकका यस्ता अनुशिक्षणले व्यवहारीक ज्ञान पाएको विद्यार्थीहरुले बताए । उनिहरुले अनुशिक्षणमा उत्सुकता पूर्वक चासो लिएकोे कार्यक्रम संयोजक (अमित साह र उर्मिला देवानले बताए ।

हाथ धुने, दाँत माझ्ने र प्राथमिक उपचार पद्धति सिक्न सबै जुटौ सन्देश सहित आयोजित कार्यक्रममा एमबिबिएस तेस्रो बर्षका शुभम कुमार अग्रवालले प्राथमिक उपचार सम्बन्धि अनुशिक्षण दिएका थिए । उनका अनुसार प्राथमिक उपचारबारे तालिमले दुर्घटनामा मृत्युु हुनेको संख्या न्युनिकरणमा निकै ठुलो सहयोग गर्नेछ । विद्यार्थीहरु लाई पानीमा डुबिरहेको, कुकुरको टोकाइ, सर्प टोकाइ, हाथ खुट्टा भाचिएका, नाकबाट रगत बगिरहेको, बिषदी सेवन, रगत बगेको रोक्ने अवस्थाहरुमा कसरी प्राथमिक उपचार गरेर ज्यान बचाउन सकिन्छ भन्ने अनुशिक्षण दिइएको हो ।

प्रतिष्ठानका विद्यार्थीहरुले स्थापना गरेको रोट्याक्ट क्लब घोपाले रक्तदान कार्यक्रमहरु, विद्यालयहरुमा प्राथमिक उपचार तालिम, प्रौढ शिक्षा, जनचेतना मुलक सडक नाटकहरु, सडक बालबालिकाहरुको स्वास्थ शिविर , अनाथ आश्रम र वृद्धिआश्रममा जाडोका लुगाहरु वितरण, दुर्गम ठाँउहरुमा निस्शुल्क स्वास्थ शिवरहरु आयोजना गर्दै आएको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved