ठमेलका सुन्दरी भागेर तराईका बजारमा

  • प्रकाशित मितिः पुष २१, २०७४
  • 253 पटक पढिएको
  • मधेश स्पेशल

पुष २१, २०७४ / काठमाडौं: ठमेलका पर्यटन व्यावसायी र त्यस क्षेत्रका सुरक्षाकर्मीहरुको कडीकडाउ हुन थालेपछि भागेर सुन्दरीहरु तराईका राजमार्ग क्षेत्रका बजारहरुमा भेटिन थालेका छन् ।

गता साता चन्द्रनिगाहापुर स्थित केही होटलमा प्रहरी र स्थानीयले घेरेर छापा मार्दा ठमेलबाट त्यहाँ पुगेका चार जना सुन्दरी र उनीहरुसँगै रमाइरहेका केही केटा र भलाद्मीहरु पक्राउ परे ।

अघिल्लो साता इटहरी स्थित दुईटा होटलमा प्रहरीले धावा बोल्दा ठमेलबाटै त्यहाँ पुगेका आधा दर्जन युवती र विराटनगरका अल्लारे केटाहरुसँगै दुई जना व्यावसायी समेत पक्राउ परे ।

दुई साता पहिले पथलैया स्थित एउटा होटलमा प्रहरीले दुई जना महिला र तीन जना पुरुषलाई यही स्थितिमा थाना पुर्यायौं । राजधानीमा सेलाउँदै गएको धन्दा चम्काउन पुगेका युवतीहरुबाट राजमार्ग क्षेत्रका होटल र लजहरुमा अनैतिक कृयाकलाप बढेको भन्दै स्थानीयले प्रहरी गुहार्दै पक्राउ गर्न थालेपछि त्यता पुगेका युवतीहरु फेरि कतै राजधानीमै आउने हुन् कि भन्ने शंका छ ।

केही पहिलेसम्म ठमेल क्षेत्रलाई जस्तो नामबाट चिनिँदै आएको थियो, अहिले त्यसको स्वरुप फेरिएको छ । स्थानीय पर्यटन व्यावयासी समेत सुरक्षाकर्मीले कडीकडाउ गर्दा ठमेल क्षेत्रमा त्यस्तो कुनै बदनामी नहुने स्थनीयहरु बताउँछन्, चर्चामा उल्लेख छ ।

तर अझै पनिकेही पार्लर रात्रीकालिन मनोरञ्जन क्षेत्रमा भने यस्तो अनैतिक कार्य लुकिलुकी हुने गरेको स्थानीयहरुको दाबी छ । सोह्रखुट्टे प्रहरी प्रभागले भने आफ्नो क्षेत्रलाई सबै प्रकारको अपराध मुक्त बनाउने भन्दै आएको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved