प्रसूति सेवा लिनेको संख्यामा वृद्धि

  • प्रकाशित मितिः पुष २१, २०७४
  • 29 पटक पढिएको
  • मधेश स्पेशल

पुष २१, २०७४ / दाङ: दाङको अस्पतालमा प्रसूति सेवा लिनेको संख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा एक हजार ५६२ महिलाले राप्ती अञ्चल अस्पताल तुलसीपुरबाट प्रसूति सेवा लिएका हुन् । तीमध्ये ६२९ महिलाले साधारण प्रसूति सेवा र ३५२ महिलाले जटिल तथा शल्यक्रियामार्फत प्रसूति सेवा लिएको अस्पतालका मेडिकल रेकर्डर दुर्गा रेग्मीले जानकारी दिए।

यसैगरी आव २०७३/७४ मा यस अस्पतालबाट एक हजार ६६७ जना महिलाले प्रसूति सेवा लिएका छने । मेडिकल रेकर्डर रेग्मीका अनुसार अस्पतालमा सुत्केरी गराउने महिलालाई यातयात शुल्कबापत रु ५०० र सुत्केरी प्रोत्साहन भत्ताबापत रु ४०० प्रदान गर्दै आएको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved