​नेपालका विमानहरु संसारकै असुरक्षित

  • प्रकाशित मितिः पुष २१, २०७४
  • 191 पटक पढिएको
  • मधेश स्पेशल

पुष २१, २०७४ / काठमाडौं: नेपालका विमानहरु संसारकै कम सुरक्षित विमानको सूचीमा परेका छन् । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसहित बुद्ध एयर, तारा एयर र यती एयरलाइन्सका जहाज कम सुरक्षितमा परेका हुन् ।

एयरलाइन्सहरुको रेटिङ गर्ने वेबसाइट ‘एयरलाइन्स रेटिङ डट कम’ले ४ सय ९ वटा विमान कम्पनीहरुको रेटिङ गरेको थियो । जसमा नेपालका एयरलाइन्सहरु कम सुरक्षितको सूचीमा परेका छन् ।

गत वर्ष नेपाल एयरलाइन्समात्र कम सुरक्षितको सुचीमा राखेकोमा यो पटक भने चार वटै विमान कम्पनीलाई कम सुरक्षित जहाजको सुचिमा राखिएको हो । नेपालका विमानहरु बाहेक एयर कोर्यो, ब्लुविङ एयरलाइन्स र त्रिगाना पनि कम सुरक्षितमा परेका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को गम्भिर सुरक्षा चासो (एसएससी)बाट भने नेपाल गत ६ साउनमै नेपाल हटिसकेको छ । तर नेपालका विमान कम्पनीहरुलाई यो वर्ष पनि युरोपेली युनियन (ईयू) ले भने कालोसूचीमा कायमै राखेको छ ।

विश्वका सुरक्षित बिमानमा भने एयर न्युजिल्याण्ड, अलास्का अल निपोन, ब्रिटिस एयरवेज, लुफ्थान्सा, स्वीस एयरलाइन्स परेका छन् । त्यस्तै कम खर्चिला भएर पनि सुरक्षित बिमान कम्पनीमा भने एयर लिन्गुस्, फ्रन्टियर, एच के एक्सप्रेस, वेस्टजेट जस्ता विमानहरु परेका छन् ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved