​चलचित्र सेन्सर बोर्डको सदस्यमा भिलेन उमेश

  • प्रकाशित मितिः पुष २१, २०७४
  • 42 पटक पढिएको
  • मधेश स्पेशल

पुष २१, २०७४ / काठमाडौं: चलचित्र सेन्सर बोर्डको बोर्ड सदस्य पदमा चलचित्रमा भिलेनको अभिनय गर्दै आएका कलाकार उमेश खड्का नियुक्त भएका छन् ।
नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट खड्कालाई सो पदका लागि नियुक्त गरिएको हो । २०७४/९/१७ बाट लागु हुने गरी खड्का दुई बर्षका लागि सेन्सर बोर्ड सदस्यमा नियुक्त भएका हुन् ।

६० भन्दा बढि चलचित्रमा मुख्य भिलेनको भूमिका निर्वाह गरेका उमेश २०५६ सालबाट चलचित्र क्षेत्रमा क्रियाशील रहेका छन् । ‘माया नमार’, ‘कहाँ भेटिएला’, ‘गंगाजल’, ‘वोश’, ‘लावारिस’, ‘जीवनदाता’ जस्ता दजर्नौ चलचित्रको भिलेन अभिनयबाट उनले दर्शकको माया पाएका छन् ।

अभिनयमा भर्खर प्रवेश गरेका नयाँ पुस्तादेखि पूराना पुस्ताका कलाकारहरुसँग स्क्रिन शेयर गर्ने अवसर पाएका खड्का सरकारले दिएको जिम्मेवारी निष्पक्ष ढंगबाट पुरा गर्ने बताउँछन् ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved