मिर्गौला रोगपीडित पत्रकारलाई सहयोग

  • प्रकाशित मितिः पुष २१, २०७४
  • 129 पटक पढिएको
  • मधेश स्पेशल

पुष २१, २०७४ / भद्रपुर: झापाको भद्रपुरबाट प्रकाशन हुने बरुण साप्ताहिकका सम्पादक माया पकुवालको दुवै मिर्गौला खराब भएर हाल काठमाडौँ स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररतछन् ।

पकुवाललाई मिर्गौला प्रत्यारोपण गर्न चिकित्सकले दिएको सल्लाहअनुसार यतिबेला सोही प्रक्रियामा जुटिरहेको र यसका लागि उहाँलाई आर्थिक समस्या रहेको परिवारजनले जानकारी दिएको छ । मिर्गौला प्रत्यारोपण गर्न आर्थिक समस्या भएपछि पत्रकार महासंघ झापा शाखा र यहाँ क्रियाशील पत्रकार पकुवालको उपचारमा सहयोग संकलनमा जुटेका छन् । सोही सन्दर्भमा कन्काई विकास बैंकले पत्रकार पकुवालको उपचारका लागि रु १५ हजार सहयोग गरेको शाखाका उपाध्यक्ष एकराज गिरीले जानकारी दिए ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved