डलरभन्दा नेपाली रुपैयाँ बलियो बन्दै

  • प्रकाशित मितिः पुष २१, २०७४
  • 108 पटक पढिएको
  • मधेश स्पेशल

पुष २१, २०७४ / काठमाडौं: अमेरिकी डलरभन्दा नेपाली रुपैयाँ बलियो विनिमयदर बलियो भएको छ । नेपाल राष्ट्र बैंकले विहीबारका लागि १ डलर बराबर १०१ रुपैयाँ ८७ पैसा बिक्रीदर तोकेको छ ।

गत एक सातादेखि अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ झन्डै एक रुपैयाँले बलियो छ । गत महिना १०४.२३ पैसा रहेको डलर गत सोमबारसम्म आउँदा १०२.५० पैसामा झरेको थियो ।

नेपाली विनिमयदर भारुसँग भएकाले पनि नेपाली मुद्राको अवमुल्यन भएको नेपालको अर्थविद्हरुले बताइरहेका छन् । भारतको केन्द्रीय बैंक (आरबीआई) ले विहीबार १ डलर बराबर ६३ रुपैयाँ ४८ पैसा भारु विनिमय दर तोकेको छ ।

गत मंसिरमा डलर मजवुत भएपछि ११० रुपैयाँ २६ पैसासम्म पुगेको थियो । नेपालको भुक्तानी सन्तुलन मिलाउन पनि अमेरिकी डलरको असर पर्ने गरेको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved