सिरहाका सामुदायिक विद्यालय आजदेखि बन्द

  • प्रकाशित मितिः पुष २०, २०७४
  • 97 पटक पढिएको
  • गणेश कुमार ठाकुर (शर्मा)

पुष २०, २०७४ / सिरहा: प्रतिकूल मौसमका कारण सिरहा जिल्लाका सामुदायिक विद्यालय आजदेखि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला शिक्षा कार्यालयका सिरहाका अनुसार आत्याधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

कार्यालयको वार्षिक शैक्षिक कार्यक्रमअनुरूप वर्षेनी बिदा ५० दिन मध्ये कट्टा हुनेगरी बिदा दिनुपरेको जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले बताएका छन् । सामुदायिक विद्यालय पुस २० गतेदेखि पुस २३ गतेसम्मका लागि सिरहा सामुदायिक विद्यालय बन्द गरिएको बताइएको छ । सिरहामा कुल चार सय २३ सामुदायिक विधालय रहेको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved