जंगली मान्छे देखी घरमान्छे सम्म ‘फिर्के’ ‘इकु’

  • प्रकाशित मितिः पुष २०, २०७४
  • 61 पटक पढिएको
  • सुमन भट्टराई

पुष २०, २०७४ / इटहरी: ‘इकु’ अर्थात् सुलेमान शंकर नेपालका एक हाँस्य कलाकार हुन् । पिता गोपाल बहादुर शंकर र माता सुधा कुमारी शंकरको कोखबाट वि.स.२०४०साल मङ्सिर १० गते जन्मिएका सुलेमान् अर्थात् ‘इकु’ सानै देखि चञ्चले स्वभावका थिए । अध्ययनको शिलशिलामा २०५१ सालमा काठमाडौ पुगेका सुलेमान निकै मेहनती पनी थिए । सानै देखी स्कुलमा कमेडि गरेर आफ्ना साथिहरुलाई हसाउने आफुलाई कलाकारिताको क्षेत्रमा लाग्न साथिहरुले हौषला प्रदान गरेको सुलेमान बताउँछन् । उनै सुलेमान तथा इकु सँग न्युजलयले गरेको कुराकनी

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
आजभोलि म आफ्नै नयाँ चलचित्र ‘फिर्के’ को प्रचारप्रसारमा व्यस्त छु ।

कसरी कलाकारितको क्षेत्रमा प्रवेश गर्नु भयो ?
मेरो कलाकारिता कसरि सुरुभयो भने म सानै देखि कमेडि गरिरहन्थे । २० ५२ सालमा म क्याम्पस पढ्न हेटौंडाबाट काठमाडौं गएँ । क्याम्पसमा समेत मेरो कला देखेर साथिहरुले मलाई कलाकार बन्न हौषला प्रदान गर्नुभयो । र ‘थोरै भए पुगिसरी’बाट कलाकार मागियो म त्यसमा छनौट भए । यसरी नै सुरु भयो मेरो कलाकारिता ।

कलाकार भएपछी कतिको सन्तुष्ट हुनुहुन्छ ?
कलाकार भएपछि सन्तुष्ट नै छु भन्नु पर्छ । धरै दर्शक साथिहरुको माया पाएको छु र उहाँहरुको मायले गर्दानै तिन वटा फिल्म निर्माण गर्न सफल भएँ । जे होस् म आफ्नो कार्य प्रति सन्तुष्टनै छु भन्नु पर्छ ।

कस्तो खालको प्रस्तुती सबैभन्दा बढी देखाउनु हुन्छ ?
मैले देखाउने प्रस्तुती भनेको मेरा आदरणिय दर्शकहरुले मनपराउने खालकै हुन्छ । जुन म जंगली मान्छेको रुपमा निस्किएको थिएँ । बिषेस गरेर म कमिडिनै देखाउँछु भन्दा फरक पर्दैन ।

सुलेमान शंकरलाई अलि फरक खालको कलाकार भनेर चिनिन्छ नी ?
हो म वास्तबमा भन्ने हो भने अलि फरक खालको कलाकार नै हो । र मलाई मेरा दर्शकहरुले अरु कलाकारको तुलानामा अलि फरक खालको कलाकार भनेर चिन्नु हुन्छ । अरु कलाकारले मानव भेषमा देखिनु हुन्छ । म भने जंगली मान्छेको भेषमा त्यहि भएर पनी मलाई अलि फरक खालको कलाकार भनेर चिन्नु हुन्छ मेरा दर्शकहरुले ।

धेरै ह्याण्डसम हुनुहुन्छ, केटीहरु कत्तिको झुम्मिन्छन् ?
सर्व प्रथम म तपाइलाई धन्यवाद दिन चाहान्छु । किन भने मलाई ह्याण्डसम भन्दिनु भएकोमा । म खास ह्याण्डसम त छैन मलाई हेर्ने तपाँइहरुको आँखा राम्रो हुन सक्छ । र म सँग केटिहरु झुम्मिनु भन्दापनी मेरा दर्शहरु चाँही झुम्मिनु हुन्छ ।

केही समय अगाडी आफ्नो नयाँ फिल्म ‘फिर्के’ को प्रचार प्रसारमा पूर्वाञ्चल आउनु भएको थियो त्यो पनि एक्लै किन अरु कलाकारले साथ दिएन् ।
हजुर पुर्वाञ्चलमा मलाई मात्र नभएर मेरो कलालाई सम्मान गर्ने मेरा दर्शकरु हुनुहुन्छ । उहाँहरु सँग प्रत्यक्ष रुपमा भेट गरौं भनेर निस्किएको हो म पुर्वाञ्चलको यात्रामा । र त्यो पुर्वाञ्चलका मेरा दर्शकहरुलाई जंगलि इकु ‘पिर्के’ लिएर अव गाउँ शहर पर्कियो है भनेर जानकारी दिन पुर्वाञ्चलको यात्रामा निस्केको थिए । झापा,सुनसरीका दर्शकहरुसँग भेट भयो उहाँहरुको साथ सहयोग पाएँ । अन्य कलाकारहरु आफ्नै कार्य व्यस्ततामा हुनुुहुन्छ त्यही भएर म एक्लै पुर्वाञ्चल निस्किएको हुँ ।

विदेशका कार्यक्रमहरुमा कत्तिको अफर आउने गर्छ ?
विदेशबाट धेरै अफर आउँछ । केही समय अगाडी मलेशिया गएको थिएँ । कतार,साउदी, अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका देशहरुबाट अफर आउने गरेको छ । अव केहिदिनमा कतार जाँदै छु ।

खासमा तपाईंले कमेडी गर्न कसरी सिक्नु भयो ?
मैले कमेडी गर्न आफै सिकेको हो । हल्का टेलिभिजन हेर्थे अनि आफै प्राक्टिस गर्थे । कुनै कार्यक्रम भयोकी त्यहाँ गएर कमेडी गरिहाल्थे । यसरीनै सिकेको भन्नुपर्छ ।

अन्त्यमा, तपाईंका दर्शकलाई के भन्न चाहानुहुन्छ ?
अन्तयमा मेरा दर्शकहरुलाई म के भन्न चाहान्छु भने यहाँहरुको माया ममताले गर्दा नै यहाँ सम्म आउन सफल भएको छु । हजुरहरुको साथ र रहयोग यसरीनै सधै मिलोस । अझै साथ सहायोगको आसा गर्दछु । मेरालागि माया, परिवार जे भनेपनि तपाईं दर्शक नै हो । र पुष २१ गतेदेखी हलहलमा मेरो तेस्रो फिल्म ‘फिर्के’ प्रदर्शनमा आउँदै छ । हेरेर प्रतिकृया दिनुहास् । अनि आफ्ना कुराहरु राख्ने अवसर दिनु भएकोमा न्यूजलय अनलाईन परिवारलाई पनि हृदयदेखि नै धन्यबाद दिन चाहान्छु ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved