तेश्रो राष्ट्रपति को बन्छ ?

  • प्रकाशित मितिः पुष २०, २०७४
  • 90 पटक पढिएको
  • मधेश स्पेशल

पुष २०, २०७४ / काठमाडौं: गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति हुनोस् भन्ने प्रचण्डको चारोमा फसेर चुनाव हारेका कृष्णप्रसाद सिटौलामार्फत गणतन्त्र कार्यान्वयनको प्रस्ताव संसदमा पेश गरेका गिरिजाप्रसादलाई त्यसपछि प्रचण्डले धोखा दिए र आफै राष्ट्रपति बन्ने विज्ञापन गर्न लगाए ।

समयक्रममा यो मुद्दा दिल्लीसम्म पुग्यो र अन्ततः न गिरिजा, न प्रचण्ड, डा.रामवरण यादवको भाग्य खुल्यो । उनी गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बने ।

दोश्रो राष्ट्रपतिका रुपमा माओवादी र एमालेले भागबण्डा गरेर एमालेकी विद्या भण्डारी राष्ट्रपति, माओवादीका नन्दबहादुर पुन र ओनसरी घर्ती उपराष्ट्रपति र सभामुख बनाइयो ।

अव तेश्रो राष्ट्रपति को बन्छ ?
फागुनको तेश्रो हप्ता वाममोर्चालाई सत्ता हस्तान्तरण गरेपछि राष्ट्रपतिको चुनाव हुनेछ । एमालेले विद्या भण्डारीलाई निरन्तरता दिन्छ कि झलनाथ अथवा माधव नेपाललाई राष्ट्रपति बनाउँछ ? एमाले करिडरका क्याडर भन्छन्– ओलीले विद्या भण्डारीलाई नै राष्ट्रपति बनाउनेछन् ।

पार्टी एकीकरण भयो भने प्रधानमन्त्री र अध्यक्ष ओली आफै हुने अवस्थामा प्रचण्ड नेपालको तेश्रो राष्ट्रपति बन्नसक्छन् । सत्ताको यो खेलमा कांग्रेस रिङ आउट हुनपुगेको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved