तारा एयरको उडान

  • प्रकाशित मितिः पुष २०, २०७४
  • 52 पटक पढिएको
  • मनिता खिम्दुङ

पुष २०, २०७४ / भोजपुरः उडान रोकेको एक बर्ष पछि पुनः भोजपुर देखि काठमाण्डौ तारा एयरलाइन्सले उडान सुरु गरेको छ । नीजि कम्पनीको तारा एयरलले बुधवारबाट हप्ताको एक दिन उडान भर्ने भएको हो । यात्रुको चाप वढेमा उडानको संख्या थप्ने लालुपाते ट्राभल्सका कार्यकारी अध्यक्ष रोशन श्रेष्ठले बताइन् । उनका अनुसार तत्कालको लागि काठमाण्डौबाट टिकट दर प्रतिव्यक्ति चार हजार आठ सय पैसठ्ठी र भोजपुरबाट काठमाण्डौका लागि चार हजार छ सय पचहत्तर कायम गरिएकोे छ ।

टक्सार विमान स्थलको स्तर उन्नतिको काम शुरु भए पश्चात तारा एयरले २०७३ मंसिर २५ गतेबाट उडान रोकेको थियो । पहिले पनि उडान भर्दै आएको भए पनि यस पटक भने विमान स्थल कालोपत्रे पछि पहिलो पटक उडान भर्न लागेको हो ।भोजपुरमा नेपाल वायुसेवा कम्पनीको जहाजले हप्ताको ६ पटक काठमाडौ उडान गर्दै आएको छ । अब भने भोजपुरमा २ ओटा कम्पनीले उडान भर्ने भएको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved