​पेरुमा बस दुर्घटना, करिब ३६ जनाको मृत्यु

  • प्रकाशित मितिः पुष १९, २०७४
  • 68 पटक पढिएको
  • मधेश स्पेशल

पुष १९, २०७४ / काठमाडौं: दक्षिण अमेरिकी मुलुक पेरुमा यात्रुबाहक बस दुर्घटना हुँदा करिब ३६ जनाको मृत्यु भएको छ । राजधानी लिमाबाट उत्तरमा पर्ने पासामायो क्षेत्रको एउटा कठिन मोडबाट सय मिटर तल समुद्री किनारामा उक्त बस खसेको हो ।

दुर्घटना क्षेत्रबाट ६ जना घाईतेको उद्धार गरी उपचारका लागि पठाइएको छ । ५० यात्रु सवार उक्त बस दुर्घटनामा मृतकको संख्या अझै बढ्न सक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् ।
प्यासिफिक समुद्री किनाराको यो सडकलाई पेरुमा डेभिल्स बेन्ड अर्थात सैतानी घुम्तीको नामले चिनिन्छ । पेरुकै खतारापूर्ण सडकमध्ये पर्ने यो सडकखण्डमा यसअघि पनि ठूला दुर्घटना भइसकेको बताइएको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved