नियोजन शिविरमा महिला बढी

  • प्रकाशित मितिः पुष १९, २०७४
  • 70 पटक पढिएको
  • रबिन्द्र बराल

पुष १९, २०७४ / रंगेलीः परिवार नियोजनको चेतना र उपायहरु शहरी क्षेत्रमा सर्व सुलभ भएतापनि ग्रामिण क्षेत्रका विपन्न वर्गको पहुँचमा भने अहिले सम्म सहज हुन नसकेको अनुभव गएिको छ । परिवार सानो हुनु पर्दछ तथा छोरा छोरी दुइजना भन्दा बढी हुनुहुँदैन भन्ने चेतना बढेपनि त्यस्तो सुविधाको पहुँचबाट टाढा रहेकाहरु सरकारी÷गैरसकारी संस्थाव्दारा आयोजना गरिएका परिवार नियोजन शिविरमा निर्भर रहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यलय मोरङ र सुनौलो परिवार नेपाल (मेरी स्टोप्स) को संयुक्त आयोजनामा मोरङका ग्रमीण क्षेत्रमा सञ्चालित परिवार नियोजन शिविरमा महिलाहरु धेरै संख्यामा आए । उक्त शिविर पिछडिएका घर परिवारका महिलाहरु लाई मिनिल्याप तथा पुरुषहरु लाई भ्यासेक्टोमिको सुविधा सहित सञ्चालन गरिएको हो । व्यवस्थापक सुजाना वस्नेतका अनुसार शिविर झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र, डाईनियाँ स्वास्थ्य चौकी, कर्सिया स्वास्थ्य चौकी, मझारे स्वास्थ्य चौकी , वुधनगर स्वास्थ्य चौकी, शिशवनी वडहरा स्वास्थ्य चौकी, डांगिहाट स्वास्थ्य चौकी, बैजनाथपुर स्वास्थ्य चौकी, रानी प्राथमिक स्वास्थ्य केन्द्रहरुमा संन्चालन गरेको हो ।

शिविरमा संलग्न डा. सन्तोष श्रेष्ठका अनुसार शिविरहरुमा मिनिल्याप परिवार नियोजन गराउने महिलाहरुको संख्इा अध्याधिक रह्यो । पुरुषहरुको भ्यासेक्टोमी सुविधा भएपनि नगन्य रुपमा आए । मिनिल्याप गराउने महिलाहरुमा झुर्किया स्वास्थ्य चौकीमा २१ जना, डाईनिया स्वास्थ्य चौकी १ सय ९९ सय, कर्सिया स्वास्थ्य चौकीमा १ सय ९० जनाले मिनिल्याप गराएको उनले बताए । मिनिल्याप गराउने महिलामा २५ बर्ष देखि ३५ बर्ष उमेरका समुहका महिला बढी थिए । शिविरमा सहभागी एक महिलाले घरै नजिकै आफुले मिलिल्याप गर्न पाएकोमा समय र खर्च बचेको बताउँदै भनिन् ‘हामी जस्तो गरिव महिला हरुको लागि यस्तो शिविरले धेरै राम्रो काम गरेको छ ।’ उनका अनुसार बिराटनगर गएर मिनिल्याप गर्दा घरको दुई देखि तीन जना सम्म जानुपर्ने हुन्थ्यो । गाउँ मै शिविर आएपछि विराटनगर जाने आउने खर्च, घरका कामको समयको खर्च दुर्व बच्यो । सिविर १ महिना सम्म सञ्चालन गरिने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved