नेपालले दक्षिण अफ्रिकाको भ्रमण गर्ने

  • प्रकाशित मितिः पुष १९, २०७४
  • 171 पटक पढिएको
  • मधेश स्पेशल

पौष १९, २०७४: अगामी महिना नामिबियामा आयोजना हुने विश्व क्रिकेट लिग डिभिजन टु को तयारीको लागि नेपालले दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको छ ।

दक्षिण अफ्रिकामा करिब दश दिनको बसाईमा नेपालले चारवटा अभ्यास खेल पनि खेल्ने छ । यस अघिको डिभिजन टु मा पनि आफ्नो तयारीका क्रममा नेपालले दक्षिण अफ्रिकामा अभ्यास खेलहरु खेलेको थियो ।

फेब्रअरीको दोश्रो साताबाट शुरु हुने डिभिजन टु मा पहिलो र दोश्रो हुने टोलीले मार्चमा आयोजना हुने विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछ ।

नेपाली टोलीले यहि शुक्रवारबाट २२ जना खेलाडी राखेर बन्द प्रशिक्षण पनि शुरु गर्दैछ । त्यस्तै नेपाली टोलीले भारतका मोन्टि देशाईलाई ब्याटिङ कोचका रुपमा प्रशिक्षण दिनका लागि नेपाल ल्याउने तयारी पनि गरेको छ ।

करिब दुई हप्ताको बन्द प्रशिक्षण पछि चौध जना खेलाडी छानेर नेपाली टोली डिभिजन टु जित्ने लक्ष्यका साथमा दक्षिण अफ्रिका तर्फ लाग्नेछ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved