चिसोका कारण जनजीवन कष्टकर

  • प्रकाशित मितिः पुष १९, २०७४
  • 143 पटक पढिएको
  • सन्तोष कुमार साह

पौष १९, २०७४ / सिरहा: सिरहा सहित तराईका जिल्लाहरुमा विगत केही दिनयता बढेको कठ्याङ्ग्रिने चिसोका कारण जनजीवनमा प्रत्यक्ष असर परेको छ । घाम नलागेर चिसो बतास चलेपछि निम्न आयस्रोत भएको र विपन्न मजदुर दलित परिवार बढी प्रभावित भएका छन् ।

चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् भने किसान चिसोका कारण खेतमा काम गर्न जान नसकेको स्थानिय लक्ष्मण यादबले बताए ।

चिसो र शीतलहर बढेको हुँदा तरकारीखेती पनि प्रभावित भएको किसानले दुखेसो व्यक्त गरेका छन् ।
त्यसतै गरी खाने तथा गरिव र रिक्सा चालकहरुलाई दिन चार्य गर्न कठिन भएछ भने गरीब र असहायका बालबालिकाहरु बोराको सहारामा जाडो छल्न बाध्य भएका छन्।

चिसोले गर्दा बढी वृद्धवृद्धा र बालबालिका प्रभावित भएको अवस्था छ । चिसोले स्कुले बालबालिकाको विद्यालय जाने संख्या कम भइरहेका छन ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved