​लागूऔषधको अखडा बन्यो धरानस्थित विपी प्रतिष्ठान, डाक्टरलाई लागुऔषध दिन गएका दुईजना पक्राउ

  • प्रकाशित मितिः पुष १७, २०७४
  • 114 पटक पढिएको
  • मधेश स्पेशल

सोमबार १७, पुष २०७४ / धरान: धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लागुऔषध प्रयोगकर्ताको अखाडा बनेको छ । पटक पटक त्यहाँबाट लागूऔषध प्रयोगकर्ताहरु पक्राउ पर्न थालेका छन् ।

सोमबार पनि दुई जना लागूऔषधसहित पक्राउ परेका छन् । अस्पतालका चिकित्सकलाई लागुऔषध बिक्रि गर्न गएका अमित लिम्बु र मिलन राई आइतबार पक्राउ परेका हुन् ।
प्रतिष्ठानकै सेक्युरिटी गार्डले उनीहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले बताए । प्रतिष्ठानका डाक्टर क्षितिज श्रेष्ठसहित तीन जनालाई ब्राउन सुगरसहित प्रहरीले गत शनिबार पक्राउ गरेको थियो ।

प्रतिष्ठानका धेरै चिकित्सक र कर्मचारीहरु नै लागूऔषधको दुव्र्यसनको फसेको र प्रतिष्ठानमा दैनिक लागूऔषधको कारोबार हुने गरेको प्रहरीलको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved