सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • प्रकाशित मितिः पुष १७, २०७४
  • 177 पटक पढिएको
  • मधेश स्पेशल

सोमबार १७, पुष २०७४ / काठमाडौं: नेपाल आयल निगमले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले डिजेल, मटितेल र पेट्रोलसँगै हवाई इन्धनको मूल्य पनि बढाएको हो ।

डिजेल, मट्टितेल र पेट्रोलको मूल्य लिटरमा १–१ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ भएको छ भने डिजेल र मटितेलको मूल्य समान ७९ रुपैयाँ भएको छ । हवाई इन्धनमा अन्तरिकतर्फ ३ रुपैयाँ बढाइउँदा मूल्य ९० पुगेको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved