नयाँ वर्षमा किमको अमेरिकालाई धम्कीः परमाणु बमको स्वीच मेरो हात छ

  • प्रकाशित मितिः पुष १७, २०७४
  • 116 पटक पढिएको
  • मधेश स्पेशल

पुष १७, २०७४ / काठमाडौं: उत्तर कोरियाका नेता किम जोङ उनले अमकेरिकालाई चेतावनी दिँदै भनेका छन् कि न्यूक्लियर (परमाणु) बम लञ्च गर्ने स्वीच मेरो डेस्कमा छ ।

टीभीमा नयाँ वर्षको भाषणमा किम जोङ उनले पुरा अमेरिका उत्तर कोरियाको परमाणु हतियारको दायरामा रहेको बताए । उनले भने, यो धम्की होइन, वास्तविकता हो ।

छिमेकी देश दक्षिण कोरियाप्रति भने नरम देखिएका छन् र सम्वादका लागि खुला रहेको संकेत दिएका छन् । उनले भने, सोल विन्टर ओलम्पिकमा उत्तर कोरियाले टिम पठाउन सक्छ ।

मिसाइल परीक्षण र परमाणु कार्यक्रममा कारण उत्तर कोरियामाथि थुप्रै प्रतिवन्ध लागिसकेको छ । तर, त्यसको कुनै परवाह नगरी उत्तर कोरियाले परमाणु परीक्षण गरिरहेको छ ।

नोभेम्बर २०१७ मा हृवासोङ( १५ मिसाइलकमो परीस्क्षण गरेको थियो, जुन ४४७५ किलोमिटरसम्म गयो । यो अन्तराष्ट्रिय अन्तरीण स्टेसनभन्दा दश गुणा बढी उचाई हो ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved